२२ जेठ
पर्वत । कुश्मा नगरपालिका वडा नं. ५ मा अवस्थित प्रसिद्ध मोदीवेणी घाट सम्म पूग्नको लागी ग्राभेलयुक्त सडक निर्माण भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुरोध वमोजिम कुश्मा नगरपालिकाले कुश्मा मुडिकुवा जोड्ने मोटरएवल पक्की पुल देखी मोदीवोणी घाट सम्मको २०० मीटर सडकको ट्याक खोली निर्माण गरेको छ ।

करिव ७ लाख लागत लाग्ने उक्त सडक निर्माण भएपछि कोरोनाका कारण मृत्यू भएका र अन्य सवहरुसमेत दाहसंस्कार गर्नका लागी घाटै सम्म मोटर पुग्ने भएकाले सहज हुने नगर प्रमुख रामचन्द्र जोशीले वताउनू भयो । मोदीवेणी घाटमा रहेका वृद्धाआश्रमको वाटो सव लिएर जांदा वृद्धाहरुलाई विभिन्न संक्रमण फैलिने तथा उहांहरुको वसाईलाई पनि असहज वनाएको गुनासो आएको नगर प्रमुख जोशीले जानकारी दिनुभयो ।
कोरोनाका कारण मृत्यूभएका हरुलाई आपनो संस्कार अनुसार आपनै घाटमा ल्याई दाहसंस्कार गर्न घाट सम्म सडक नभएका कारण कठिनाई भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले कुश्मा नगरपालिकालाई जानकारी गराएको थियो ।
उक्त सडक निर्माण हुनाले कोरोनाका र अन्य कारणले समेत मृत्यू भएका सवहरुलाई व्यवस्थापन गर्न सहज हुने भएको छ ।








