२० जेठ
पर्वत । कोभिड–१९ सङ्क्रमणको अवस्था उच्च बन्दै गएको पर्वतमा पछिल्ला केही दिन यता सङ्क्रमण घटेको छ ।
देशभरि नै संक्रमितहरुको सङ्ख्या कम हुँदै गएको बेलामा पर्वतमा आज २३ जना पुरुष र २४ महिला गरि ४७ जना कोरोना मुक्त भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी प्रविन भण्डारीका अनुसार जिल्लामा ६७८ जना सकृय संक्रमीत रहेको जनाएका छन् । हाल सम्म ४४ जनाको कोरोनाका कारण मृत्यू भएको छ । कोरोनाको दोश्रो लहर शुरुभए पछि मृत्यू हुनेको संख्या वढेको देखिन्छ ।

पहिलो लहरमा त्यति धेरै मृतकको संख्या वढेको थिएन तर दोश्रोचरणमा भने मृतकको संख्या वढेर गएको छ ।
सकृय संक्रमीत मध्ये ६५८ जना भने घरमा नै वसेर उपचार गराईरहेका छन् । २० जना भने जिल्लाको स्थानिय तहले संचालन गरेका अस्थायी कोरोना अस्पताल र जिल्ला अस्पताल पर्वतमा उपचार गराईरहेका छन् ।

पछिल्लो ३ दिनको डेटा हेर्दा कोरोना मुक्त हुनेको संख्या वढेको देखिन्छ । १८ गते ८२ जना,१९ गते ४३ जना,२० गते ४७ जना गरी ३ दिनमा १७२ जना कोरोना मुक्त भएका छन् । जिल्ला कोरोना संक्रमण ह्वात्तै वढेपछि जिल्ला कोभिट संकट व्यवस्थान समितिको सिफारीसमा वैशाख १२ गते वाट जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।