८ जेठ

पर्वत । पैयुँ गाउँपालिकामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई दैलोमै पुगेर स्वास्थ जाँच र परामर्श दिन थालिएको छ । होम आइसोलेसनमा बसेका संक्रमित कहाँ जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरु दिनहुँजसो पुग्ने गरेका छन् । पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेका अनुसार पालिकामा अहिले ४४ जना संक्रमित छन् । जसमा ४३ जना होम आइसोलेसनमा बसेका छन् भने १ जना मात्र अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ‘सवैको स्वास्थ्य अवस्था जाँच गरौँ, संक्रमितलाई रोगसँग लड्ने क्षमता बढोस् भनेर स्वास्थ्यकर्मी सँगै जनप्रतिनिधी लगेर संक्रमितको घरघरमा पुगेका छौँ,’ उहाँले भन्नुभयोे ।
प्रशासकिय अधिकृत लामिछानेका अनुसार ३६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र ९ जनालाई समान्य लक्षण देखिएको छ । पैयुँ ४ का ६१ बर्षिय पुरुषमा अक्सिजनको मात्रा कमी देखिएकाले आज थप उपचारका लागि पोखरा पठाएको लामिछानेले बताउनु भयो ।

जनप्रतिनिधी सहित स्वास्थ्यकर्मीको टोलीले संक्रमितको घरमा पुगेर अक्सिजन र ज्वरो जाँच गर्ने, भिटामिन सि, जिंक प्यारासिटामोल लगायतका औषधी उपलव्ध गराएको थियो । पैयुँ गाउँपालिका सात वडा मध्ये सवै भन्दा धेरै सकं्रमितको संख्या टकलाकमा देखिन्छ । जसमा १३ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् । त्यसमध्ये वडा नम्वर चार हुवासमा १२ जना, वडा नम्वर दुई त्रिवेणीमा ७ जना, वडा नम्वर तिन बेहुलीवासमा ५ जना, हुवास चिसापानीमा १ जना, वडा नम्वर छ सरौखोलामा १ जना र वडा नम्वर सात भोर्लेमा ५ जना कोरोना सकं्रमित रहेको पाईन्छ ।

होम आइसोलेशनमा वसेका संक्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा रही सुरक्षित साथ बस्न र स्वास्थ्य समस्या आइपरेमा अस्थायी कोभिड अस्पतालमा आउन गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले आग्रह गर्नुभयो । उहाँले नागरिको जिवन रक्षा नै पालिकाको पहिलो प्राथमिकता रहेको बताउँदै थप उपचारका लागि समस्या परेमा सहयोग गर्ने आश्वासन दिनुभयो । पैयुँ गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि अथह प्रयास गरेको उहाँले बताउनु भयो ।कोरोना लागेको अवस्थामा जनप्रतिनिधी सहित स्वास्थ्यकर्मी सहितको टोली घरमै आएर स्वास्थ्य अवस्था जाँच गर्दा हैसला थपिएको संक्रमितहरुले बताएका थिए ।
गाउँपालिकाकी उपाध्याक्ष जसमती गुरुङले कोभिडको रोकथाम र नियन्त्रणका लागि घरभित्र सुरक्षित तवरले बस्न आग्रह गर्नुभयो ।
पैयूँ गाउँपालिकाले संक्रमितको सम्पर्कमा आएका र कोभिड लक्षण देखिएका ब्यक्तिहरुको लागि शनिवार पैंयू वडा नं ३ स्थित साविक जेष्ठ नागरिक सेवा केन्द्र (हाल पिसिआर परिक्षण गर्ने केन्द्र बनाइएको) ठाउँमा पि.सि.आर चेकजाँच गर्ने कार्यक्रम तय गरेको हुँदा उपस्थितीका लागि अनुरोध समेत गरेको छ ।