५ जेठ
काठमाडौं । नेकपा एमालेको वार्ता टोलीको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । साँझ ७ बजे सिंहदरवारमा बस्ने भनिएको बैठक आन्तरिक तयारीका लागि भन्दै स्थगित गरिएको हो । विषेश गरि राम वहादुर वादलको वारेमा माधव नेपाल पक्ष नखुलेका कारण वैठक स्थगित भएको अनुमान गरिएको छ । नेपाल पक्षले आफुसहित निर्णय नभएका एमालेको पार्टीको वारेमा ओनरसिप नलिने वताएको छ । नेपालको विषेश आग्रहमा विपक्षी दलसहितको समर्थनमा खिमलाल देवकोटालाई राष्टिय सभामा उम्मेदवार वनाए पछि माधव पक्ष नैतिक संकटमा परेको छ ।

वादल सहितको वैठकमा नेपाल पक्षले भोटका लगाी सवै प्रतिनिधिलाई स्वअधिकार प्रयोग गर्न दिने सहमती गरेको थियो । तर एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले कडा विज्ञप्ती निकाल्दै कसैले एमालेका आधीकारीक उम्मेदवार वादललाई पार्टीपंक्ती वाट भोट नहालेमा क्षम्य नहुने र यस्ले एकता अभिायानलाई नै व्रेक लगाउने जनाएका छन् ।
हिजो बसेको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो ।

अरु महत्वपूर्ण छलफल अघि बढाउने प्रक्रिया चलिरहेकाले आजको वार्ता भोलिसम्मका लागि स्थगित भएको एमाले प्रवक्ता तथा वार्ता टोली सदस्य प्रदिप ज्ञवालीले बताए । स्रोतका अनुसार अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच वार्ता गराउने र बादलको पक्षमा माधव नेपालले वक्तव्य जारी गर्ने प्रयास पनि दिनभरी भइरहेको थियो । तर सफल हुनसकेन ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको ‘वान टू वान’ वार्तापछि आइतबार १० सदस्यीय कार्यदल बनेको थियो ।