५ जेठ
काठमाडौं । लमजुङको मर्स्याङदी गाउँपालिका, भुलभुले केन्द्र बनाएर गएको ५.३ म्याग्निच्युडको भूकम्पले १२ वटा घरमा क्षति पुगेको छ ।
आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालका अधिकांश महशुस गरिएको थियो । भूकम्पले १२ वट घरमा क्षति पु-याएको र अहिलेसम्म ४ जना घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । एकाविहानै भूकम्पको ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए ।
यससँगै सोही स्थानमा केन्द्र बनाएर विहान ८ बजेपछिको समयमा थप दुई पराकम्प महशुस गरिएको छ । विहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडका दुई पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेवसाइटमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङ डिएसपी गंगा थापाका अनुसार भुकम्पबाट अहिलेसम्म ४ जना घाइते भएका छन् ।








