४ जेठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै विश्वासको मत लिने तयारी गरेकोबारे मन्त्रीहरुलाई ब्रिफिङ गरेका छन् । हिजो सँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिले र बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने तयारी गरेको सुनाएका थिए ।