३ जेठ

झापा । कोरोना संक्रमीत बिएन्डसीमा उपचाररत अर्जुनधारा नपाका प्रसासकिय अधिकृत खाम्याहाङको निधन कोरोना भाइरसको संक्रमणबाट झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङको आज सोमबार मृत्यु भएको छ ।

झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालको भेन्टिलेटरमा उपचाररत खाम्याहाङको सोमबार दिउँसो मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छ्न ।

कोरोना भाइरस कोभिड १९ को दोस्रो लहर बाट संक्रमीत भएका खाम्याहाङलाई वैशाख १७ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।