२ जेठ

पर्वत । पर्वत जिल्लामा निषेधाज्ञालाई थप कठाई गरिने भएको छ । आज बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण तथा रोकथाम सम्बन्धि वैठकको सिफारिस वमोजिम प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको छ । समितिको निर्णय अनुसार जेठ ३ गते देखि निषेधाज्ञा अवधि र वैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक खाद्यन्न तथा फलफुलका पसलहरु पनि दिनको ३ घण्टा मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको छ । निर्णयअनुसार दैनिक रुपमा विहान ७ बजेदेखि विहान १० बजेसम्म मात्र अत्यावश्यक सेवाका पसलहरु खुल्नेछन् । यसैगरी प्रशासन कार्यालयले ब्यक्तिगत निर्माण कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रशासन कार्यालयले निर्माण क्षेत्र अन्तर्गत राष्ट्रिय गौरबका आयोजना तथा संघ र प्रदेशबाट सञ्चालीत आयोजनाहरुमा भने स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्नपाउने निर्णय गरेको छ ।
जिल्लामा कोभिट संक्रमणको दर वढ्दै गएकाकारण वैक तथा वित्तिय संस्थाहरु पूर्णरुपमा वन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले वताउनू भयो । आलोपालो प्रणलीमा वैक संचालन गर्दा झन भिड वढेको र वाग्लुड,म्याग्दीमा वैक वन्दहुदा ग्राहकहरु पर्वत आउने गरेका कारण पनि पूर्ण रुपमा वन्द गर्नु परेको वताउदै जेठ ७ गते सम्म निषेध आज्ञाको पूर्ण पालना गर्न पर्वतवासी सवैलाई अनुरोध गर्नुभएको छ ।  विवाह,पुजाका कार्यहरुमा भने ५ जना भन्दा वढी उपस्थित नहुने गरि पूर्णरुपमा स्वास्थ्यका मापदण्ड पुरागरि गर्नुपर्ने,निषेधआज्ञाको उल्लघन गरेमा कडा कार्वाही गरिने जनाईएको छ ।