२ जेठ

जलजला गाउँपालिकाका युवा स्वतस्फूर्त रुपमा कोभिड–१९ को रोकथाम र नियन्त्रणमा जुट्ेका छन् । विश्वभर फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणका कारण विरामीको संख्या बढ्न थालेपछि युवाहरु स्वतस्फुर्त जुट्न थालेका हुन् । जलजला गाउँपालिकालाई कोरोना भाइरसको हटस्पट मानिन्छ ।

युवाहरुले ‘जलजला क्रियटिभ युवा ग्रुप’ गठन गरेर कोरोना रोकथाम, नियन्त्रण र उपचारमा लगेका हुन् । युवाहरुले मल्लाज स्थित बागलुङ भगवती ड्राइभिङ स्कुलको प्राङगडमा कार्यालय स्थापना गरेका छन् ।

युवाहरु संक्रमितको घरघरमा पुगेर आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउनुका साथै बिरामीहरलाई उद्धार गरि अस्पतालसम्म लैजाने काम गरेका छन् । उनीहरु दिर्घरोगी देखी बिरामीहरुलाई आवश्यक औषधी बोकेर संक्रमितको घरघरमा पुग्न थालेका छन् ।

जलजला गाउँपालिकाका सवै वडामा कोभिड–१९ का विरामी देखा पर्न थालेपछि स्वः स्फूर्त रुपमा संक्रमित व्यत्तिहरुलाई सहयोग गर्ने उद्देश्यले युवाहरु गोलबन्ध भएको स्थानीय नविन जिसीले जानकारी बताए ।

प्रत्येक वडामा संक्रमित छन् । जिल्लाभर निषेधाज्ञा छ । हिँड्डुल गर्ने अवस्था छैन । गाडि चलेको छैनन् । यस्तो अवस्थामा हामीले स्वतस्फूर्त सहयोग गर्नुपर्दछ भनेर खटिएका छौँ ।

युवाहरुले स्थानिय प्रशासनसँग समन्वय गरेर कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटेका हुन् ।महामारीको समयमा विपत सँग जुधेर बिरामीको सेवामा खटिएको अर्का युवा प्रकाश पुनले बताए ।

विरामीको स्वास्थ्य अवस्थादेखी दिर्घ रोगी र नियमित औषधी सेवन गर्ने बिरामीको घरघरमा औषधी बोकेर पुगेको उनको भनाई छ । संक्रमणको अवस्थामा अस्पताल जानुपर्ने विरामीलाई घरमै पुगेर अस्पतालसम्म ल्याउने गरेको पनि उनले बताए ।

युवाहरुले कोरोना अस्पतालमा भएका बिरामीहरुलाई औषधीदेखी फलफुल र आवश्यक स्वास्थ्य सामग्री वितरण गर्ने कार्यले हैसला बढेको स्थानीयले बताएका छन् । युवाहरुले जलजलाका कृषकहरुलाई बिउबिजन देखी औषधी उपचार उपलव्ध गराएका छन् । उनीहरुले कोरोना अस्पतालमा भएका बिरामीहरुलाई औषधीदेखी फलफुल र हैसला प्रदान गर्ने गरेको स्थानीयले बताएका छन् ।
संक्रमितको सेवामा क्रियटिभ युवा ग्रुपले वडावडामा आफ्ना सदस्यता खटाएको छ । ग्रुपमा स्थानीय युवा नेता राजु आचार्य, पूर्ण बरूवाल, राम खत्री, जितमान पुन, कुशल जि सी, युवराज अर्मजा, सुवास जिसी, डम्बरबहादुर जि सी, कमल विक्रम खत्रि, प्रकाश पुन, चञ्चल जि सी, मानबहादुर कार्की लगायतका युवाहरु छन् ।

संक्रमितको सेवामा बिहानदेखी बेलुवासम्म र आवश्यकता परेको खण्डमा जुनसुकै बेला पनि सहयोग गर्न सकिने संक्रमित बिरामीहरुको सेवामा सेवारत युवा राजु आचार्यले बताए । ‘महामारीमा सयममा एकअर्कोलाई सहयोग गर्नुपर्छ, यो बेलामा स्थानीय सरकारको मात्र मुख तोकेर बस्नु हुँदैन । हामी जहाँ छौँ, सुरक्षित रहेर संक्रमण नियन्त्रणमा लागौँ भने यो रोग रोकथाम गर्न सकिन्छ।,’आचार्यले भने । उनले जलजलामा कोरोना भाइरस फैलिसकेको हुँदा सचेत र सजग भएर घरभित्रै बस्न जलजलावासीलाई आग्रह समेत गरे ।
जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या १ सय ५५ पुगेको छ । जसमा ६५ जना निको भईसकेका छन् भने ९९ जना सक्रिय संक्रमित रहेको र ५ जनाको मृत्यु भैसकेको जलजला गाउँपालिकाले जनाएको छ।

जलजला गाउँपालिकाका प्रमुख यामवहादुर मल्लले युवाहरुको सक्रियताले कोरोना नियन्त्रण र रोकथाममा सहयोग पुगेको बताए । मल्लले अहिले देश कोरोनाका कारण जटिल अवस्थामा रहेपनि संघीय र प्रदेश सरकारले अपेक्षित सहयोग नगरेको गुनासो गरे । जलजला गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि अस्थाई कोरोना अस्पताल चलाएको, गाउँ गाउँमा पीसीआर परिक्षण लाई व्यापक बनाएको, जनचेतनाका कार्यक्रमहरु तिव्रता लिईएको र स्वयंसेवक युवाहरुले बिरामीहरलाई उद्धार गरि अस्पतालसम्म लैजान थालेको बताए । स्थिती नियन्त्रण नहुँदासम्म घरबाहिर ननिस्कन, भौतिक दुरी कायम राख्न, मास्क लगायउत र उच्च मनोवल कायम राख्न मल्लले अनुरोध गर्नुभएको छ ।