२६ वैशाख

गत बर्षपनि कोरोना रोकथाम र नियन्त्रणमा अग्रणी भूमिका खेलेको नेपाली काँग्रेस पर्वतले नवनिर्मित विपि स्मृति भवनलाई अस्थायी अस्पताल बनाउन प्रस्ताव गरेको छ । जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएकाले नागरिकहरुले उपचारमा समस्या खेप्नुपरेको अवस्थालाई मध्येनजर गदै कोभिड अस्पताल बनाउन सुझाव दिएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले जानकारी दिनुभयो ।

पर्वतको सदरमुकाम कुश्मा बजारमा गत बर्ष गुप्तेश्वर बहुमुखि क्याम्पसका बनाईएको अस्थायी अस्पताल हटाएपछि कोभिड अस्पताल संचालनमा आउन सकेको थिएन । दैनिकजसो संक्रमणदर बढ्दै जाँदा बिरामीहरुको सहज रुपमा उपचार गर्नका लागि यो भवनालाई प्रयोग गर्न आग्रह गरिएको जोशीले जानकारी दिनुभयो ।
उहाँले भवन प्रयोजनका लागि जिल्ला कोभिट संकट व्यवस्थापन केन्द्रसँग कुराकानी भई लिखित रुपमा नै सहमती दिएको बताउनु भयो । उहाँले पर्वतवासीले दुःख नपाउन भनेर भवनमा सुविधासम्पन्न अस्थायी अस्पताल संचालन गर्नेवारे आवश्यक सुझाव सल्लाह दिन पनि पार्टी नेता तथा कार्यकताहरुसँग सुझाव माग समेत गर्नुभएको थियो ।

केन्द्रिय सदस्य जोशीले जिल्लावासी सर्वसाधारणलाई घरभित्रै बसिदिन आह्वान गर्नुभएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिदै गरेको कोरोना भाइरस ( कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गर्नुभएको हो । कोभिडको दोश्रोलहर शुरुभए देखि पर्वत जिल्लमा दैनिक एकजनाको मृत्यू भईरहेको छ ।