
२४ वैशाख
पोखरा । गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते सोमबार बस्ने भएको छ । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सोमपार विहान ११ बजे बैठक बस्ने निर्णय गरेको हो ।
उक्त दिनको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनेछ । प्रदेश सभामा २ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमाव १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर, मतदान नभइ बैठक अनिश्चितकालका लागि स्थगित भएपछि प्रदेश सभा बस्न सकेको छैन ।
गत वैशाख २ गते कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सहित २८ सांसदले संयुक्तरुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।







