२१ वैशाख
संगीता क्षत्री । पर्वतमा कोरोना संक्रमणबाट एक जना बृद्धको उपचारका क्रममा निधन भएको छ ।
पर्वतको जलजला गाउँपालिका ८ का ८४ बर्षिय बृद्धको सोमबार राती पर्वत अस्पतालमा मृत्यु भएको हो ।
पर्वत अस्पतालको आइसोलेसनमा उपचारका क्रममा रहेका बृद्धको मृत्यु भएको पर्वत अस्पतालका प्रमुख डा ढुण्डिराज पौडेलले बताउनुभयो । योसंगै पर्वतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।








