२० वैशाख
पर्वत । कोरोना संक्रमणको दोस्रो लहर पहिलो लहर भन्दा उच्च दरमा फैलिरहेको छ । पर्वतमा सकृय संक्रमितको संख्या ५५ जना रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकारी प्रविन भण्डारीका अनुसार आईतवार ११ जनाको एन्टिजिन परिक्षण गर्दा ७ जनामा पोजेटिभ देखिएको वताउनू भयो । सकृय संक्रमीत मध्ये एक जना पर्वत अस्पतालमा र २ जना पैयू गाउंपालिकाको कोरोना अस्पतालमा उपचार गराईरहेका छन् । अन्य सवै होम आईशोलेसनमा रहेर उपचार गरिरहेका छन् ।

लक्षण सहित उपचारका लागि आएका विरामीको परिक्षण गर्दा संक्रमण पुष्टि भएको भण्डारीको भनाई छ । कुल संक्रमण दरको प्रतिशत घटे पनि लक्षण सहित आएका विरामीको संक्रमण दर भने उच्च रहेको उनको भनाई छ ।

परिक्षण गरेर संक्रमण पुष्टि भएकालाई होम आइसोलेसनमा राखिएको छ । अवस्था जटिल भएमा वा अक्सिजन लिनुपर्ने भएमा मात्र अस्पतालमा भर्ना गरिने उनले जानकारी दिए । जिल्लामा अहिले परिक्षण गर्न आउनेमा संक्रमण पुष्टि हुने दर बढेर गएको छ । परिक्षणको लागि नआउने अन्य ठूलो संख्यामा पनि संक्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले अनुमान गरेका छन् ।

कुश्मा नगरपालिकाको बजार क्षेत्रमा लक डाउन गरिएको छ । बजार क्षेत्रमा बढि भिडभाड भइरहेको र संक्रमणको फैलावाटको दर पनि उच्च रहेको अनुमान गरिएको छ ।
कोरोनाको दोश्रो लहर चलेपछि पर्वतका २ जनाको मृत्यू भएको छ ।