१६ वैशाख
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव निर्णयार्थ हुने बेला बैठकमा अनुपस्थित राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफ्नो पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको प्रष्ट गरेका छन् । अस्पतालको शैयाबाट प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको प्रष्ट पारेका हुन् ।
संसदमा अनुपस्थित भएर अस्पताल भर्ना भएका उनलाई चरक अस्पतालले कोभिड संक्रमण भएर आइसियूमा उपचार गनुपरेको भनेको छ । अरुले भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको आरोप लगाएका छन् ।
‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णय प्रति प्रतिबद्वता कायमै छ,’ सांसद शाहीले भनेका छन्, ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरी दिनु हुन म सम्पूर्ण दाजुभाइ दिदीबहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहन्छु ।









