NEW DELHI, INDIA - MARCH 22: Indian policemen push barricades to place them in the center of a a road leading to historic India Gate, during a one-day nationwide Janata (civil) curfew imposed as a preventive measure against the COVID-19 on March 22, 2020 in New Delhi, India. Death toll due to coronavirus in India reached seven on Sunday with three more fatalities as the country observed a "janta curfew" or public lockdown on the appeal of Prime Minister Narendara Modi. Besides placing under lockdown till March 31st, 75 districts with confirmed coronavirus cases , the government also decided to shut down train, metro and inter-state services to curb the spread of the global pandemic in India. (Photo by Yawar Nazir/Getty Images)

१५ वैशाख

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित र मृतक दैनिक बढेर रेकर्ड बनिरहेको छ । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित र मृतक भारतमा थपिएका छन् ।

मंगलबार ३ लाख ६२ हजार ७५७ जना संक्रमित थपिएका छन् । यो विश्वकै सबैभन्दा बढी हो । यसअघि आइतबार ३ लाख ५४ हजार ५३३ जना संक्रमित थपिएका थिए । सोमबार भने आइतबारको तुलनामा संक्रमितमा कमी आएको थियो । सोमबार ३ लाख १९ हजार ३१५ जना संक्रमित थपिएका थिए ।

मंगलबार भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ३ हजार २८५ जनाको ज्यान गएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर २९ लाख ७२ हजार १०६ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए ।