९ वैशाख
पर्वत । कोरोना संक्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले नगर क्षेत्रका विद्यालय एक साताका लागी वन्द गरेको छ । कुश्मा नगर प्रमुखको अध्यक्षतामा आज वसेकोे वैठकले आगामी वैशाख १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । छिमेकी जिल्ला वाग्लुङको एउटै विद्यालयका ३९ जनामा कोरोना संक्रमण देखिए पछि पर्वतमा पनि विद्यालय उच्च जोखिम भएकाले वन्द गर्नुपरेको नगर प्रमुख रामचन्द्र जोशीले वताउनू भयो । विद्यालयहरुमा संक्रमणको उच्च जोखिम रहेको निश्कर्ष निकाल्दै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ ।
संक्रमणको दर उच्च हुने सम्भावना भएपछि सदरमुकाम सहित नगरक्षेत्रका नीजि तथा सरकारी सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ । विद्यालयहरुले भने पढाईलाई निरन्तरता दिन अनलाईन कक्षा मार्फत भने शिक्षण गर्नुपर्ने भएको छ ।
विद्यालयहरुमा सञ्चालन भइरहेका परिक्षाहरु भने नरोकिने निमित्त प्रशासकिय अधिकृत विष्णुतिवारीको भनाई छ । संक्रमणको दर हेरेर विद्यालय बन्दको समयावधि थपघटको निर्णय गर्न सकिने गरी विद्यालय बन्दको निर्णय गरिएको हो ।