६ वैशाख
काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिशको आधारमा शहरी क्षेत्रका विद्यालय बन्दको निर्णय गरेको एक मन्त्रीले बताए ।
बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय गरेको छ ।








