२७ चैत्र
नेपाली काङ्ग्रेस निकट नेपाल भुतपुर्व शैनिक संघ मोदि गाउपालिका स्तरीय अधिबेशन सम्पन्न भएको छ । उक्त अधिवेशन वाट चन्द्र प्रसाद पौडेल (सुमन) को अध्यक्षतामा १३ सदस्यीय मोदी पालिका स्तरिय समिति गठन गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य ललितकला गूरुङले मोदी गाउंपालिकामा भू पू सैनिक संघलाई सकृय वनाएर मातृ पार्टी नेपाली कांग्रेसको निति सिद्धान्त अनूरुप अगाडी वढ्नुपर्ने वताउनू भयो । भु पु सैनिकको रिटायर जिवनलाई पार्टीमा उपयोग गर्नुपर्ने वताउनू भयो ।
कार्यक्रममा माहाधिवेशन प्रतिनिधि मिना के सी, भुपु शैनिक केन्द्रिय सदस्य प्रेम गुरुङ ,  भुपु शैनिक पर्बतका अध्यक्ष खड्क बहादुर कार्की,प्रेस युनियन का आगामी अध्यक्ष उत्तम प्रसाद अधिकारी , नेपाल रेड्क्रस सोसाइटी उप शाखा मोदि गाउपालिका सभापति दिपेन्द्र जंग लामिछाने, लगायतले भुपु संघलाई सशक्त रुपमा अगाडी बढाउनु पर्ने बताउनु भयो।
कार्यक्रम नेपाली कांङ्ग्रेस मोदि गाउपालिका ६ का वडा सभापति गजेन्द्र बम मल्लको सभापतित्वमा सम्पन्न भएको थियो ।