२५ चैत्र
पर्वत । कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटले आयआर्जनका लागी मौरीगोला वितरण गरेको छ । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले मौरी सहितको घार वितरण गर्नुभयो । आय आर्जनको राम्रो माध्यम मौरी भएकाले अहिले सिडको रुपमा एक घार वितरण गरे पनि उपभोक्ताले यस्लाई वढाएर अन्य धेरै मौरी घार वनाउनेमा विस्वास व्यक्त गर्नुभयो । वडा कार्यालयवाट जनताले प्रतक्ष फाईदा पाउने कार्यक्रम शूरुआत गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । आयआर्जन गरि महिलाका ससाना आर्थिक समस्याका लागी पुरुषको भरपरिरहनु पर्ने अवस्थाको अन्त्यका लागी यस कार्यक्रमले सहयोग गर्ने वताउनूभयो । सवैले वडाको उद्धेश्य वमोजिम आयआर्जन वढाउनका लागी अनुरोध गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उप प्रमुख सीता काप्ले लामिछाने,नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सरस्वती शर्मा जिज्ञासु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सामाजिक परिचालक सचिना पुरीले गर्नुभएको थियो भने स्वागत वडा सदस्य शान्ति शर्मा कुमालले गर्नुभएको थियो ।
वडाको उद्यम सृजना कार्यक्रम अन्तरगत विनियोजित २ लाख वजेट वाट २० जना महिला उद्यमीलाई मौरी गोला सहितको घार वितरण गरिएको थियो । कुश्मा नगरपालिका वाट स्थलगत तालिमको व्यवस्था गरिएको थियो । २ दिने तालिममा मौरीपालन संग सम्वन्धित २० जना उद्यमीलाई अभ्यास गराईएको थियो ।
मौरी वाट मनग्य आम्दानी गर्ने कुरा उद्यमीले वताएका थिए । कार्यक्रममा वडा सदस्यहरु कालिभक्त शर्मा,दल वहादुर क्षेत्री,माया दर्जी,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री,कुश्मा नगरपालिकाका लेखा शाखा प्रमुख कमलराज पौडेल,नेपाली कांग्रेस कुश्मा नगर समितिका सदस्य कालिका प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।