१२ चैत्र
पर्वत । समाजसेवी स्वार्गिय धन वहादुर जिसीको प्रथम वार्षिकीको पुण्यतिथिमा धनवहादुर स्मृति प्रतिष्ठान गठन गरिएको छ । स्वार्गिय जिसीले गरेका सामाजिक कार्यहरुको स्मरणका लागी स्मृति प्रतिष्ठान वनाएको तदर्थ समितिका अध्यक्ष डम्वर जिसीले वताउनु भयो ।
आज एक कार्यक्रमका विच उक्त स्मृति प्रतिष्ठानको घोषणा गरिएको थियो । उक्त कार्यक्रममा जलजला गाउंपालिकाका अध्यक्ष यम वहादुर मल्लले स्वार्गिय धन वहादुर जिसीले सरकारी सेवामा रहदा र सेवानिवृत्त भए पछि समाजमा पु¥याएको योगदानको स्मरण गर्नु भएको थियो । सरल र मिलनसार स्वाभाव भएका जिसीले गरेका सामाजिक कार्यहरुलाई चिरस्थायी वनाउनका लागी प्रतिष्ठान गठन गरेर अगाडी वढाउनु पर्ने धारणा राख्नुभएको थियो ।
धन वहादुर स्मृति प्रतिष्ठानमा अध्यक्ष डम्वर जिसी,उपाध्यक्ष शान्त लामिछाने,सचिव प्रेम वहादुर वरुवाल,कोषाध्यक्ष सनिता कार्की,सदस्यहरुमा कुशल जिसी,ठहर वहादुर घर्तीक्षेत्री,भरत जिसी,सुरज वहादुर जिसी,ईन्द्र वहादुर अधिकारी,वम वहादुर विश्वकर्मा र नविन जिसी रहनुभएको छ ।
जलजला गाउंपालिकाका अध्यक्ष यम वहादुर मल्लको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । जस्को सदस्यहरुमा लालवहादुर अधिकारी,वावुराम कार्की,थल वहादुर घर्तीक्षेत्री,क्याप्टेन टेक वहादुर जिसी,चन्द्र वहादुर जिसी,ओम वहादुर जिसी,सशी शर्मा,कमल अधिकारी,सोभियत वरुवाल र कानुनी सल्लाहकारमा गुप्त वहादुर घर्तीक्षेत्री रहनु भएको डम्वर वहादुर जिसीले वताउनुभयो ।








