७ चैत्र

नेपालमा शनिबार थप ७९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ । त्यस्तै थप ८२ संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ७१ हजार ८१५ जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हाल नेपालमा ९९८ जना आइशोलेशनमा र ४७ जना क्वारेन्टाइनमा छन् भने २२ लाख ३० हजार ७०८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।