२ फागुन
पर्वत । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अर्काको घर विग्रो भनेर खुशि मान्न नहुने वताउनु भयो । नेकपा फुटेर कांग्रेसलाई फाईदा हुन्छ भनेर विस्वासमा पर्न नहुने वताउदै नेकपा एमाले पर्वतमा नफुटेकाले कांग्रेसपार्टी अझ शसक्त भएर जानुपर्ने उहांको धारणा रहेको छ । म्यान्मारमा चर्किएको विरोध प्रदर्शनले विश्व शान्तिलाई तरङ्गित तर्फ लौजान थालेको बताए । सैनिक कूपछि म्यान्मारमा चर्किएको विरोध प्रदर्शनमा आइतबार एकैदिन ३८ जना प्रदर्शनकारी मारिएकोमा नेपाल काँग्रेसले दुख समेत ब्यक्त गरेको छ ।
नागरिकले सैनिक कूपछि गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा मारिनुले लोकतन्त्र खोसिने खेल भएको बताए । अन्तराष्ट्रिय शक्तिको प्रयोग गर्दै सैनिक सासन लगाइएको भन्दै यसको बिरुद्ध नेपाली काँग्रेसले बिरोद्ध गर्ने उद्घोष गरेका छन् ।
उनले यस्ता जनताबिरोधी गतिबिधि बिरुद्ध सधै खबरदारी गर्ने दायित्व राजनितिक दलको भएको बताएका छन् । नेता पौडेल विद्यमान परिवेशमा नेपाली काँग्रेसको भूमिका बिषयक अन्तरत्रियात्मक कार्यकता भेलालाई सम्बोध गर्न बागलुङ,म्यागदी हुँदै आज पर्वत पुगेका थिए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले पार्टीमा कहिलेकांहि विचारको विवाद हुने भए पनि कांग्रेस एकतावद्ध भएर जनताको विचमा जाने वताउनू भयो । वर्तमान समयमा कांग्रेस नै राष्ट्रको निर्णयाक शक्ति भएको वताउनू भयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य लालकाजी गुरुङ,नेपाली कांग्रेसका पुर्व मुख्य सचिव तथा पुर्व सांसद ऋषिकेश तिवारी,पूर्व पार्टी सभापती नवराज गुरुङ,पैयु गाउंपालिकाका अध्यक्ष खगेन्द्र तिवारी,लगायतले वोल्नु भएको थियो ।
कार्यक्रममा स्वागत नेपाली कांग्रेशका कोषाध्यक्ष यम वहादुर मल्ल,संचालन सचिव विश्व प्रकाश प्रसाइ र अध्यक्षत उपसभापती दुर्गा वहादुर खत्रीले गर्नु भएको थयो ।
अन्तरकृया कार्यक्रममा सहभागीहरुले पार्टी संचालनको पद्धतिको वारेमा जिज्ञासा राखेका थिए ।








