५ फागुन
पर्वत । स्वार्थ भन्दा माथि सेवा भन्ने आदर्श वोकेको रोटरी क्लव अफ पर्वतले कुश्मा नगरपालिका वडा नं। ३ दुर्लुङ्ग स्थित दालपोखरी आधारभुत विद्यालयलाई वुधवार एक थान स्मार्ट टेलिभिजन सहित दुर शिक्षाको लागि आवश्यक उपकरण र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सन २०१० मा सामाजिक अभियान्त विश्व प्रकाश प्रसाईको संस्थापक अध्यक्षतामा स्थापित यस क्लवले स्थापना देखि शिक्षा, स्वास्थ्य एवम् गरिवी न्यूनिकरणको क्षेत्रमा विभिन्न समुदायमा सेवामुलक कार्यहरु गर्दै आई रहेको छ । रोटरी डिष्ट्रिक–३२९२ नेपालको हेप्पी स्कुल कार्यक्रम अन्र्तगत सो सहयोग प्रदान गरिएको हो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले मानव जीवनको लक्ष्य मानव सेवा भन्ने मान्यता भएकाले विपन्न तथा दलित परिवारका वावुनानीले पढने यस विद्यालयमा शैक्षिक सहयोग गरिएको वताउनु भयो । आफ्नो कमाईको केही अंश मानवीय सेवामा योगदान गर्ने रोटरी संस्कार अनुरुप यो सहयोग जुटेको वताउदै भविस्यका दिनमा विद्यालयको शैक्षिक गुणस्तरको लागि यथोचित सहयोग जारी रहने वताउनु भयो । यस वडाले सवै पाटीका केन्द्र तथा जिल्ला तहमा नेतृत्व गर्ने नेताहरु जन्माए पनि सवै नेताले प्राथमिक शिक्षा हासिल गरेको गाँउकै पुरानो विद्यालयको सुधार नभएकोमा उहाँले दुख व्यक्त गर्नु भयो । राजनीति जनता, गाँउ र गरिव केन्द्रित हुनुपर्ने भन्दै शैक्षिक तथा सामाजिक क्षेत्र राजनीति भन्दा माथि हुनुपर्नेमा उहाँले जोड दिनु भयो । उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयात्मक पहल हुनुपर्ने वताउनु भयो ।

कार्यक्रममा कुनपा वडा नं। ३ का वडा अध्यक्ष तेज प्रसाद पाध्याले राजनीति भन्दा माथि रही विकास निर्माण र जनताको सेवामा यस वडा एकतावद्ध रहेको भन्दै आज जिल्लाका राजनीतिक तथा सामाजिक अभियान्तहरु विद्यालयमा आएसंगै विद्यालयको शैक्षिक सुधारको लागि थप संभावना वढेको वताउनु भयो । रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष गोपी अधिकारीले सदा मानवीय सेवामा समर्पित रोटरीको टिच प्रोग्राम अन्र्तगतको यो सहयोगले वावुनानीको शिक्षामा थप सहयोग पुग्ने वताउनु भयो । क्लवका पुर्व अध्यक्ष शिव प्रसाद शर्माले हालका सहयोगहरुको सहि सदुपयोग भएमा भविस्यमा थप सहयोग पुग्नेमा जोड दिनु भयो ।

पुर्व अध्यक्ष गणेश वहादुर क्षेत्रीले जहाँ दुख त्यहा रोटरीको सहयोग रहने वताउनु भयो । क्लवका आगमी अध्यक्ष उत्तम प्रसाद अधिकारीले विगत देखि यस ठाँउमा विभिन्न परियोजना मार्फत नेष्डो नेपालको सहयोग रँहदै आएको वताउनु भयो । कार्यक्रममा क्लवका अध्यक्ष नोमिनी कृष्ण प्रसाद शर्मा र उपाध्यक्ष विमल पौडेले रोटरी र शैक्षिक क्षेत्र विच अभिन्न सम्वन्ध रहेको वताउनु भयो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गणेश वस्याल, प्रधानध्यापक विजय लक्ष्मी पौडेल, विद्यालयकी छात्रा सम्भावना सार्की लगायतले विद्यालयले भोगेका समस्याहरु र शैक्षिक सुधारको लागि भावि योजनाको वारेमा वताउनु भएको थियो ।
कार्यक्रम रोटरी क्लव अफ पर्वतका अध्यक्ष रमेश प्रसाद शर्माको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम वहादुर सार्कीको स्वागत, शिक्षक अमृत शर्माको धन्यवाद मन्तव्य र क्लवका सम्पादक राम प्रसाद पौडेल आरसीको सञ्चालनमा सम्पन्न भएको थियो ।








