२ फागुन
पर्वत । क्षत्री समाज पर्वत र समृद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडले पर्वतका क्षत्रीहरुलाई एकै ठाउमा भेला गरी रमाईलो वनभोज कार्यक्रम सम्पन्न गरेको छ । जातिय एकता,भातृत्व र आत्मियता वढाउनका लागी यो कार्यक्रमको आयोजना गरिएको क्षत्री समाज पर्वतका अध्यक्ष कृष्ण वहादुर क्षत्रीले वताउनु भयो ।


हरेक वर्ष समाजले गर्ने वनभोज कार्यक्रमले आत्मियता र भतृत्वको विकास गरेको समृद्ध वचत तथा ऋण सहकारीका अध्यक्ष मानसिंह भण्डारीले वताउनुभयो । समाजले प्रवर्धन गरेको सहकारीमा सवै क्षत्रीहरुले शेयर खरिद गरी आर्थिक उपार्जन गर्न समेत आग्रह गर्नुभयो ।
क्षत्री समाज पर्वतद्धारा प्रवर्धन गरिएको समृद्ध वचत तथा ऋण सहकारीका २८० जना शेयर सदस्यहरु तथा क्षत्री समाजका पदाधिकारीहरु,सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
रमाईलो वनभोज कार्यक्रममा म्यूजिकल चेयर लगायतका खेलहरु खेलाईएको सहकारीका कोषाध्यक्ष सुवर्ण अर्यालले वताउनु भयो ।


पर्वतका सवै क्षत्री दाजुभाईहरुलाई आमन्त्रण गरिएको उक्त वनभोज कार्यक्रममा अधिकांश शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।


उक्त वनभोजकार्यक्रममा क्षत्री समाज पर्वतले गरेका गतिविधिहरु वारे समाजका सचिव गणेश वहादुर क्षेत्रीले जानकारी गाउनुभएको थियो । क्षत्री समाज पर्वतले प्रवर्धन गरेको समृद्ध वचत तथा ऋण सहकारीको शेयर सदस्यता जिल्लाभर विस्तार गर्ने सहकारीका अध्यक्ष मान सिंह भण्डारीले जानकारी दिनु भयो ।


उक्त कार्यक्रम कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी,जलजला गाउंपालिकाका अध्यक्ष यम वहादुर मल्ल ( रामकृष्ण ),वेनी नगरपालिकाकी उप प्रमुख सन्जू वरुवाल,

क्षत्री समाज नेपालका उपाध्यक्ष तथा पर्वतका संस्थापक अध्यक्ष नरवहादुर कार्की,केन्द्रिय महासचिव केश वहादुर क्षत्री,केन्द्रिय सदस्य सनिता कार्की,हेमा खड्का, क्षत्री समाज गण्डकी प्रदेश कमीटीका वरिष्ठ उपाध्यक्ष ईन्द्रमान खत्री,क्षत्री युवा सामजका सचिव देवजंग क्षत्री,

क्षत्री कलाकार गण्डकी प्रदेशका अध्यक्ष कृष्ण अखेली,सहसचिव सुदिप क्षत्री लगायतको उपस्थिति रहेको थियो । झण्डै २ सय जनाको उपस्थितिमा सम्पन्न कार्यक्रमको क्षत्री समाज पर्वतका अध्यक्ष कृष्ण वहादुर क्षत्रीको अध्यक्षता स्वागत समृद्धवचत तथा ऋण सहकारीका अध्यक्ष मानसिंह भण्डारी र संचालन समाजका सचिव गणेश वहादुर क्षत्रीले गर्नुभएको थियो ।