२९ माघ
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड(माधव) समूहले नेतृ रामकुमारी झाँक्रीलाई विनाशर्त तत्काल रिहा गर्न माग गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई पक्राउ गरेको थियो ।
झाँक्रीको पक्राउलाई लिएर पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।








