२९ माघ
काठमाडौ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाउने निर्णय भएको बताए । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
यस्तै खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको छ ।








