२१ माघ
नेपाली काङ्ग्रेस पर्वतका युवा नेता तथा कुश्मा नगरपालिका ८ का वडाध्यक्ष राजकुमार क्षेत्रीले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गर्नु भएको छ । कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको सूर्योदय प्राथमिक विद्यालय (वौद्दिक अपाङ्गता आवासीय) मा शैक्षिक सामाग्री तथा झोला वितरण गर्नु भएको हो ।
उक्त कार्यक्रममा कुश्मा नगर प्रमूख रामचन्द्र जोशीले आफुले पाउने तलव सुविधा वाट एक लाख वरावरको नगर प्रमुख अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो । ईमान्दार जेहेन्दार विद्यार्थीहरुका लागी उक्त रकमको व्याज वाट वार्षिक रुपमा शैक्षिक सामग्री सहयोग गर्न विद्याmय व्यवस्थापन समितिलाई अनुरोध गर्नु भयो । जन्मदिन मनाउनुहुने वडा नं. ८ का वडा अध्यक्ष क्षेत्रीलाई धन्यवाद दिदै यस्ता सकरात्मक कामको सवैले सिको गर्दे जानुपर्ने वताउनु भयो ।
८० जना विद्यार्थी लाई शैक्षिक सामाग्री कपी कलम र झोला वितरण गर्नु भएको हो । जन्म दिनमा गरिने अन्य फजुल खर्च कटाएर उक्त सामाग्री सहयोग गरेको अध्यक्ष क्षेत्रीले वताउनु भयो ।
सो कार्यक्रममा नगरपालिका ०२ का वडाध्यक्ष यदुनाथ वास्तोला, कुश्मा नगरपालिकाका लेखाअधिकृत कमल पौडेल,अभिभावक प्रेम प्रसाद रेग्मी, नेपाल विद्यार्थी संघ हिमालय मा।विका अध्यक्ष विवेक गिरि लगायतले राजकुमार क्षेत्रीलाई जन्मदिनको शुभकामना दिदै उहांले गरेको कार्यको प्रंशसा गरेका थिए।
सुर्योदय प्राथमिक विद्यालयका अध्यक्ष धनराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षक नारायण दत्त भट्टले भएको थियो भने सञ्चालन प्रधानध्यापक कल्याण सुबेदीले गर्नु भएको थियो।








