२१ माघ
पर्वत । कुश्मा नगरपालिका २ खुर्कोट निवासी वोनम्यारो वाट पिडित विरामी नन्दकुमारी गिरीको उपचारका लागी सहयोग संकलन तिव्र भएको छ । आज एक कार्यक्रमका विच कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले ८४ हजार सहयोग हस्तान्तरण गर्नु भयो । विरामीका पति गणेश गिरीलाई रकम हस्तान्तरण गर्दै जोशीले विरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । जोशीले विरामीको थप उपचारका लागी सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।विरामीको घर कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा नै पुगेर उक्त रकम हस्तान्त्रण गर्नुभएको हो ।
उक्त सहयोग रकम कुश्मा नगरपालिका वाट ४९ हजार २ सय पचास,पर्वत सेवा समाज वाट १० हजार,पुनम वसेल अमेरीका वाट १० हजार,नारायण पौडेल वाट ५ हजार,दामोदर पौडेलवाट ५ हजार २ सय ३१ दिपक पौडेल वाट २ हजार,समुन्द्र शर्मा वाट २ हजार र सन्जु कर्मचार्य वाट ५ सय गरि ८४ हजार ९ सय ३१ रुपैया सहयोग संकलन भएको थियो ।
सामाजिक संजालको प्रयोग गरि शिवराज शर्माले सहयोगका लागी सवै संग आहन गरे वमोजिम विदेश तथा स्वदेशमा रहेका नेपालीहरुले सहयोग गरेका थिए । विदेशमा रहेका नेपालीहरुको सहयोगमा गठन भएको पर्वत सेवा समाजले पनि गिरीको उपचारका लागी १० हजार सहयोग गरेको छ ।
वोनम्यारो प्रत्यारोपणका लागि थप २५ देखि ३० लाख रुपैया लाग्ने भए पछि गिरी परिवारले सवैलाई सहयोगका लागी अनुरोध गरेको थियो । सहयोग गर्ने हातहरु वढिरहेको विरामीका पति गणेश गिरीले वताए । सहयोग रकम लिदै गिरीले सहयोग गर्ने सवै सहहृदयीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । यस भन्दा अगाडी हिमालय मा वि नेविसंघका अध्यक्ष विवेक गिरीको पहलमा ३१ हजार सहयोग हस्तान्तरण गरेका थिए । त्यसै गरि लायन्स क्लव अफ कुश्मा सीटीले रुकमाया जोशी अक्षयकोष वाट २० हजार सहयोग गरेको थियो ।








