१५ माघ
पर्वत । कुश्मा नगरपालिका २ खुर्कोट स्थानीय घर भएका नेपाली काङ्ग्रेसका नेता तथा नेपाली कांग्रेस खुर्कोट गाउंकार्य समितिका सदस्य,नेपाल दलित संघ पर्वतका सस्थापक सदस्य तथा नेपाल दलित संघ पर्वतका सल्लाहकार समाज रुपान्तरण तथा दलित आन्दोलनका अगुवा नेता सर्वे नेपालीनिधन भएको छ । नेपालीको ७५ बर्षको उमेरमा मंगलबार निधन भएको परिवारले बताएको छ ।
राजनीतिक रुपमा नेपाली कांग्रेसमा आवद्ध स्वर्गीय नेपाली २००७ साल देखी नै हरेक परिवर्तनका आन्दोलनमा सक्रियताका साथ लागेका थिए । उनको निधनले एउटा सामाजिक रुपान्तरण र दलित आन्दोलनको अगुवा गुमेको छ । सर्वे नेपालीको बुधबार अर्मादी आर्य घाटमा अन्त्यष्टी गरिएको छ ।

नेपालीको पार्थीव शरिरमा कुश्मा नगरपालिका वडा नं. २ खुर्कोट निवासमा नै पुगेर नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस पर्वतका पुर्वपार्टी सभापति नवराज गुरुङ,कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गोश वहादुर क्षेत्री,नेपाली कांग्रेस कुश्मा नगर समितिका कोषाध्यक्ष शिवराज शर्मा,कुश्मा नगरपालिका वडा नं. २ का पार्टी सभापती कालिभक्त शर्मा,वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला लगायतको उपस्थिति रहेको थियो ।
यता नेपाल दलित संघ पर्वतले सर्वे नेपालीको निधनमा शोक विज्ञप्तीनै निकालेको छ । नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार ुशिवुद्वारा हस्ताक्षरित विज्ञाप्तीमा सामाजिक रुपान्तरण र दलित आन्दोलनको एक अगुवा नेताको निधनले संस्था र सिंगो समुदायलाई असाध्यै ठुलो क्षति भएको भन्दै दलित संघ पर्वतले स्वार्गीय नेपालीप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको छ ।