९ कार्तिक
विश्वबिख्यात इलेक्ट्रोनिक्स कम्पनी सामसुङका अध्यक्ष ली कुन हिको निधन भएको छ । विगत एक वर्षदेखि अस्पतालमा उपचाररत ७८ वर्षीय लीको आइतबार बिहान निधन भएको हो । लामो समयदेखि बिरामी लीको आइतबार परिवारका सदस्यहरुमाझ निधन भएको एपीले जनाएको छ ।
आफ्ना अध्यक्षको निधनमा एक शोक बक्तब्य जारी गर्दै सामसुङले कम्पनीले अध्यक्ष ली कुन हिलाई संधैं सम्झिरहने उल्लेख गरेको छ । सामसुङलाई दक्षिण कोरियाको एक स्थानीय व्यवसायबाट विश्वको अग्रणी कम्पनीमा पुर्याउन हिले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हिको अनुपस्थितिमा उनका छोराले सामसुङको नेतृत्व सम्हाल्दै आएका छन् ।









