२७ साउन
नयाँदिल्ली । भारतीय पूर्वराष्ट्रपति तथा नेता प्रणव मुखर्जीमा कोरोनाभाइरस परीक्षण गर्दा उनमा पोजिटिभ नतिजा रिपोर्ट आएको हो ।
प्रणवले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आइसोलेसनमा जान पनि आग्रह गरेका छन् ।
मुखर्जी उपचारका लागि सोमबार अस्पताल पुगेका छन् । भारतमा हालसम्म २२ लाख भन्दा धेरै संक्रमित छन् ।
२०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका मुखर्जी पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । ‘अलग कामको लागि अस्पताल जाँदा थाहा भयो कि, ममा कोभिड १९ को पोजिटिभ रिपोर्ट आएको छ । गत साता मसँग जोडिन आउनुभएका व्यक्तिहरुलाई म आइसोलेसनमा जान आग्रह गर्दछु,’ ८४ वर्षीय मुखर्जीले जनाएका छन् ।









