४ साउन
काठमाडौं । चर्चित नायक पल शाह म्यूजिक भिडियो हुँदै ठूलो पर्दामा स्थापीत अभिनेता हुन् । एक टेलिभिजन अन्तरवार्ताका क्रममा कुाराकानी गर्दै पलले आफ्नो पहिलो प्रेमको रहस्य खोले । कुराकानीका क्रममा आफ्नो पहिलो प्रेम असफल भएको बताए ।

पत्रकार प्रकाश सुवेदीले को हुन् ति युवती जसले अहिले अहिलेका चर्चित नायकलाई चिन्न सकिनन् भन्ने प्रश्नमा घुमाउरो जवाफ दिँदै पलले भने उनलाई मैले हृदयदेखि मन पराउँथे ।

नेपाल यातायातमा ति सुन्दरीले पललाई बाईबाई गरेको त्यो दिनको स्मरण गर्दै पलले पछि ति युवतीको प्रेमी भएको थाहा पाएसँगै एकतर्फी प्रेम पनि असफल भएको बताउँदै त्यसले लामो समयसम्म आँफुलाई पिडा दिएको स्विकारेका छन् ।

पलले त्यसयता आँफु करियरमा ब्यस्त बन्दै गएका कारण अभिनयमा मात्रै लागेको र हाल कोही प्रेमीका नभएको बताए । हेर्नुहोस् पलसँग गरिएको यो रमाइलो कुराकानी