३१ जेठ
इस्लामाबाद । पाकिस्तानी अभिनेत्री तथा सेलिब्रिटी मेहविश हायात पनि कोरोना भाइरसबाट संक्रमित भएको हल्ला फैलिएपछि उनले आफूलाई संक्रमण नभएको स्पष्टिकरण दिएकी छन् ।

उनले हालै ट्वीटर मार्फत आफूलाई कोरोना संक्रमण नभएको जानकारी दिएकी हुन् । ‘सत्य हैन, म चान्छु कि, मिडियाले यस्ता समाचार पोस्ट गर्नुअघि जिम्मेवार बनेर तथ्य जाँच गरुन्,’ हायातले भनेकी छन् ।

उनले अघि भनेकी छन्, ‘लाइक र फलोअर्स बढाउन पोस्ट गर्नुको सट्टा मलाई फोन गर्नूस्, यसले परिवार र साथीभाइमा ठूलो समस्या दिएको छ ।’ यसअघि रुबिना असरफ, निदा असिर, अब्रार उल हक लगायत सेलिब्रिटीहरुलाई कोरोना संक्रमण भएपछि हायातलाई पनि संक्रमण भएको हल्ला फैलिएको थियो ।