२१ जेठ
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण र मृत्युमा २४ घण्टाको अवधिमा ब्रजिलले अमेरिकालाई जितेको छ ।

पहिलो स्थानको अमेरिकामा २१ हजार ८८२ जना नयाँ संक्रमित थपिँदा १ हजार १३४ जनाको ज्यान गएको छ ।

तर दोस्रो स्थानको ब्रजिलले दुवैमा जितेको छ । २७ हजार २६३ जना संक्रमित थ पिँदा १ हजार २३२ जनाको ज्यान गएको छ । रुस पछिपछि रहेको छ । रुसमा ८ हजार ८६३ जना संक्रमित थपिँदा १८२ जनाको मृत्यु थपिएको छ ।

भारतले भने रुसलाई पछ्याएको मात्र छैन मृत्युमा जितेको छ । भारतमा २४ घण्टामा ८ हजार ८२० जना नयाँ संक्रमित थपिँदा २२१ जनाको ज्यान गएको छ ।

विश्वभर २४ घण्टामा १ लाख १० हजार ८७९ जना संक्रमित थपिए भने ४ हजार ५२८ को ज्यान गयो । अमेरिकामा १८ लाख ८१ हजार २०५ जना संक्रमितको संख्या पुगेको छ । १ लाख ८ हजार ५९ जनाको ज्यान गएको छ ।

ब्रजिलमा ५ लाख ५६ हजार ६६८ जना संक्रमित हुँदा ३१ हजार २७८ जनाको ज्यान गएको छ ।तेस्रो रुसमा ४ लाख २३ हजार ७४१ जना संक्रमित हुँदा ५ हजार ३७ को ज्यान गएको छ ।

स्पेनमा २ लाख ८७ हजार १२ जना संक्रमित हुँदा २७ हजार १२७ जनाको ज्यान गएको छ । पाँचौं स्थानको बेलायतमा २ लाख ७७ हजार ९८५ जना संक्रमित हुँदा ३९ हजार ३६९ जनाको ज्यान गएको छ ।

छैटौं स्थानको इटालीमा २ लाख ३३ हजार ५१५ जना संक्रमित हुँदा ३३ हजार ५३० जनाको ज्यान गएको हो ।  सातौं स्थानको भारतमा २ लाख ७ हजार १९१ जना संक्रमित हुँदा ५ हजार ८२९ जनाको ज्यान गएको छ ।

आठौं फ्रान्समा १ लाख ८९ हजार २२० जना संक्रमित हुँदा नयाँ एक जना पनि संक्रमित थपिएनन् । मृतकको संख्या २८ हजार ९४० पुगेको छ । मृतक भने १०७ जना थपिए ।

नवौं स्थानको जर्मनीमा १ लाख ८४ हजार ९१ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ६७४ पुगेको छ ।