१४ जेठ

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक बढ्दै गइरहेको छ । मृतकको संख्या दैनिक घट्दै गइरहे पनि संक्रमितको संख्या घटेको छैन ।

पछिल्लो २४ घण्टामा १९ हजार ४९ जना संक्रमित थपिँदा ७७४ जना मृतक थपिएका छन् । संक्रमितको दर उही रहेको छ भने मृतक १५ सयबाट आधा घटेका छन् ।

अहिलेसम्म अमेरिकामा १७ लाख २५ हजार २७५ जना संक्रमित भएका छन् । १ लाख ५७९ जना मृतक पुगेका छन् ।

४ लाख ७९ हजार ९६९ जनालाई मात्र निको भाएको छ । सबैभन्दा प्रभावित न्यूयोर्कमा ३ लाख ७३ हजार ६२२ जना संक्रमित भएका छन् । मृतक २९ हजार ४५१ जना पुगेका छन् ।

दोस्रो स्थानको न्यूजर्सीमा १ लाख ५७ हजार १५ जना संक्रमित पुगेका छन् । ११ हजार १९७ जना मृतक थपिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने कोरोना संक्रमित र मृतक घटेको भन्दै उनी राजनीतिक क्रियाकलापमा सक्रिय भइरहेका छन् ।

उनी पुनः दोस्रो पटक राष्ट्रपतिका लागि प्रयासरत छन् । उनी कोरोना नियन्त्रणमा पूर्णरुपले असफल भए पनि आफ्नो रवाफ भने कायम राखेका छन् ।