१० जेठ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन् । किनभने, उनकै शव्दमा– अमेरिकामा प्रार्थनाको आवश्यकता छ ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् । उनले भने, ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन ।’
चर्चमा धार्मिक सेवा बहाल नगरेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही यस्ता अधिकार छन् जसबाट उनले आफ्नो कुरामा गभर्नरलाई सहमत गराउन सक्छन् । जस्तै उनले प्रान्तलाई प्राप्त हुने सहायता कटाती गर्न सक्छन् । तर अहिलेसम्म उनीबाट त्यस्तो धम्की आएको छैन । यदि उनले त्यस्तो धम्की दिए भने त्यसबाट राजनीतिक रुपमा उनलाई नै नोक्सान हुनेछ, किनभने राष्ट्रपतिको चुनाव नजिकिँदै छ ।









