२० वैशाख
हाल सामाजिक संजालमा एक नर्सको भिडियो भाइरल बनेको छ । यी नर्स पुनेको सासुन अस्पतालको आईसीयुमा कार्यरत छिन्। सो भिडियो करिब २० दिनसम्म अस्पतालमा कोरोना भाइरसका बिरामीहरुको सेवा र उपचारपछि घर फर्केकी नर्सकोे हो ।
भाइरल बनेको भिडियोमा राजश्री, भोसारीमा रहेको आफ्नो अपार्टमेन्टतर्फ आइरहेको देख्न सकिन्छ जहाँ उनका परिवार र छिमेकीले ताली बजाउँदै फूल छर्केर उनको स्वागत गरेका छन् ।उनी आफ्ना परिवार र छिमेकीलाई देखेपछि निकै भावुक भएको यस भिडियोमा देख्न सकिन्छ ।
सामाजिक संजालमा हाल सो भिडियो कोभिड १९ विरुद्ध खटेका स्वस्थ्यकर्मीहरुलाई सम्मान स्वरुप सेयर गरिएको छ । यस भाइरल भिडियो शुक्रबार दिउँसो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सेयर गरेका छन् ।उनले ‘यो भारतको भावना हो’ भन्दै उक्त भिडियो सामाजिक संजालमा सेयर गरेका हुन् ।
This Lady Doctor is Working in a ICU Dept. in a Hospital Where Covid-19 Patients were treated.
She Came Home After 20 Days of Non-Stop Service.
Her Family & Society Members Welcomed Her.#HeartTouching#kind20#CoronaWarriors #IndiaFightsCoronavirus @TajinderBagga @arunsoodbjp pic.twitter.com/m9QMfl0mmI— Deepak Malhotra (@deepak_bjp) April 30, 2020









