२७ चैत्र
एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट ११ हप्ताको लकडाउनपछि बुधबार पहिलो रेल निस्किएको छ ।
कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन झण्डै तीन महिनापछि हटाइएको छ ।
चीनको वुहानबाटै गत वर्ष डिसेम्बरमा कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । समाचार एजेन्सी एपीका अनुसार वुहानका जनताले अब जता पनि जाने अनुमती पाएका छन् ।
चीनमा कोरोना भाइरसका ६२ नयाँ संक्रमित भेटिएका छन् । एकदिन अघि यहाँ ३२ जना नयाँ संक्रमित पाइएका थिए ।









