१९ मंसीर
पर्वत । कूशमा नगरपालिका वडा नं २ खुर्कोटमा महिला स्वास्थ्य स्वयम सेवक दिवश मनाईएको छ । उक्त दिवशको मूल नारा गाउंनगरमा महिला स्वयम सेविका स्वस्थ्य प्रवर्धनमा अहम भूमिका रहेको थियो ।

१६ औं महिला स्वास्थ्य स्वयम सेवक दिवसको अवसरमा वोल्दै वडा अध्यक्ष यदूनाथ शर्मा वास्तोलाले महिला स्वास्थ्य स्वयम सेवीकाले स्वास्थ्यको क्षेत्रमा पूयाएको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो । स्वास्थ्य क्षेत्रको तल्लो निकाय सम्म विना पारिश्रमीक महिला स्वस्थ्य स्वयम सेविकाले सेवा पू-याएका कारण धेरै नागरिकले सेवा पाएको धारणा राख्नू भयो ।

कार्यक्रममा कालिका मा वि का प्रध्यानध्यापक वावूराम शर्मा, वडा सचिव निल वहादूर भण्डारी,स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष नारायण प्रसाद रेग्मी लगायतले शूभकामना मन्तव्य राख्नूभएको थियो ।
कार्यक्रम स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष यदूनाथ शर्मा वास्तोलाको अध्यक्षता,स्वागत सिनियर अनमी गिता शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन खुर्कोट स्वास्थ्यचौकीका प्रमूख टेकनाथ सूवेदीले गर्नुभएको थियो । कार्यक्रममा वडामा रहेका सवै महिला स्वस्थ्य स्वयम सेविका,स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।








