१४ मंसीर

भारतमा एक जना डाक्टरको बलात्कारपछि हत्या भएको छ।  हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी बुधबार अस्पतालबाट घर फर्किँदै थिइन्।  उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो।

त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ।  रात परिसकेको थियो। नजिकै वर्कसप थिएन। उनी त्यहीँ अड्किएकी थिइन्। प्रियंकालाई दुई जना पुरूषले सहयोग गर्ने बताए। उनलाई सुरूमै ती दुईजनासँग डर लागिरहेको थियो तर घर पनि जानु नै थियो। उनले सहयोग स्वीकारिन् तर केही गरिहाल्छन् कि भन्ठानेर आफ्नी बहिनीलाई फोन गरिन्। भनिन्-म तँसँग कुरा गर्दै आउँछु फोन नकाट्नु।

केहीबेरपछि त प्रियंकाकै फोन स्विच अफ भयो।छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे। प्रहरीले खोजी थाल्यो।  रातभरि केही पत्ता लागेन।