२७ भदौ

काठमाडौँ, अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवक आफ्नै ओछ्यानमा मृत भेटिएका छन् । काठमाडौँको बालाजु स्थायी घर भएका ३७ वर्षीया कपिल पौडेल ओछ्यानमा मृत भेटिएका हुन् । उनी बाल्टिमोरको ओइगमिल्समा साथीहरूसँग बस्दै आएका थिए ।

पारिवारिक सदस्यका अनुसार बुधवार बिहान कामबाट घर फर्किएका पौडेल दिउँसो ओछ्यानमा नै मृत भेटिएका हुन् । साथीहरूले प्रहरीलाई खबर गरे पछि पोस्टमार्टमका लागि लगिएको थियो । पौडेललाई हृदयाघात भएको आशङ्का गरिएको छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

झन्डै एक दशक देखि अमेरिका बस्दै आएका कपिल कृष्णचन्द्र पौडेल र शर्मिला पौडेलका कान्छा छोरा थिए । उनले नौ महिना अगाडि मात्र नेपाल आएर निशासँग विवाह गरेका थिए । उनकी पत्नी अमेरिका जाने तयारीमा थिइन । कपिलका दुई दाजुहरू छन् ।