संजय रेग्मी
साउन २८, २०७६
पर्वत : नेपाली लोक सांगितिक क्षेत्रका चर्चित गायक, रचनाकार, मोडल तथा निर्देशक रेशम सापकोटा, जुना श्रीस, सरोज बिरही र धर्तीमा थापामगरको आवाजमा मौलिक तीज गीत बजारमा आएको छ ।
छमछमी नाच्न मिल्ने लय र संगीतमा तयार पारिएको गीतलाई तरेली संगीत कुञ्जमार्पmत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत र निर्देशन सापकोटाकै रहेको छ भने कृष्ण बि.क.को एरेन्ज, राहुल राईको छायांकन, गोरन चौधरीको नृतइ निर्देशन र रोशन धितालको सम्पादन रहेको छ । गीतको म्यूजिक भिडियोमा रेशम सापकोटा सहित पुजा पराजुली, गोरन चौधरी, मनिषा राई, सम्प्रिया खड्का, देव गुरुङ, अनिशा न्यौपाने र खबापु चन्चल मगरको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो: