२७ साउन
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा आजभोलि आफ्ना पति निक जोनसका साथ रमाइरहेकी छिन् । उनी निकसँग भ्याकेसनमा छिन् ।

यो जोडी यतिबेला इटलीमा छ । दुवैले आफ्नो यो खुशी सामाजिक सञ्जालमार्फत फ्यानमाझ पु–याएका छन् । हालै प्रियंकाले आफ्ना केही बिकिनी तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । यी तस्वीरमा प्रियंका सुन्दर देखिएकी छिन् ।

बिकिनीमा प्रियंका थप हट देखिएकी छिन् । एक तस्वीरमा उनले साथमा ड्रिङ्क्स पनि गरिरहेकी छिन् । यी तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै फ्यानले कमेन्ट गरेका छन् ।

प्रियंका आफ्नो यही हटनेसका कारण बलिउडदेखि हलिउडसम्मको यात्रा तय गरेकी छिन् । हालै उनले हलिउडको एक नयाँ प्रोजेक्टमा काम गर्दैछिन् । यस्तै प्रियंकालाई बलिउडको फिल्म् ‘स्काइ इज पिंक’ मा पनि देख्न सकिनेछ ।

हेर्नुहाेस् उनकाे केही हट तस्विरः