१९ साउन

अजय मिश्र/कृष्नानगर /कपिलवस्तु , नेपाल बैंक लिमिटेडकाे शाखा बहादुरगंजमा खाेलिने बैंकका प्रदेशिक कार्यालय प्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गरेका छन । नगर प्रमुख रजत प्रताप शाहकाे प्रमुख अतिथ्यतामा अाज नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले एक्सटेन्सन शाखा कृष्णनगर नगर-कार्यपालिकाकाे कार्यालयमा विस्तार गरेकाे छ ।

कार्यक्रममा नगरप्रमुख शाहले राष्ट्रिय वाणिज्य बैंककाे शाखा पुर्नस्थापनका लागि हामीले पटक पटक पहल गरेपनि अाउन नसकेकाेले नेपाल बैंककै शाखा भएपनि बहादुरगंज,जवाभारी,पत्थरदेईया,अजिगरा,उदयपुर ,कुशहवा र महराजगंज लगायत सेवाग्राही,उद्योगी व्यापारी किसान तथा पेन्सनधारीहरुलाई सहज हुने बताउनुभयाे ।

साे कार्यक्रमका विशिष्ट अतिथि नेपाल बैंक प्रदेशिक कार्यालयका प्रमुख पसांङ्ग दाेर्जे शेर्पाले वर्तमान अवस्थामा एउटा शाखा बहादुरगंजमा पनि अावश्यक रहेकाेले नगरप्रमुख र व्यापारी उद्योगीहरुकाे अनुराेधमा तत्कालका लागि कृष्णनगर शाखाकाे एक्सटेन्सन खाेलिनेछ , साथै शाखा स्थापनाका लागि अावश्यक प्रक्रिया पुर्याई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे जानकारी नेपाल बैंक लिमिटेडका कृष्णनगर शाखा प्रबन्धक सुरेन्द्र यादवले दिएका छन ।

उद्घघाटन कार्यक्रममा प्रनि प्रताप पैैाडेल , निर्भय सिंह , साकिर अहमद , प्रदिप चाैैैधरी लगायत नगरपालिकाका कार्यपालिका सदस्य तथा बैंक कर्मचारीहरु काे उपस्थिति थियाेे ।