१६ साउन
पर्वत । पर्वत जिल्लामा मदिरा विक्री वितरणमा व्यवस्थि तगर्न सरोकारवाला सहमती भएका छन् । पछिल्लो समय मदिरा सेवनका कारण ९० प्रतिशत भन्दा वढी घटना घटेका कारण यसलाई व्यवस्थित गर्न आवश्यक देखिएको थियो । उद्योग वाणिज्य संघ पर्वतको समन्वयमा मदिरा व्यवसायी,होटल तथा रेष्टूरेन्ट व्यवसायी सहितको वैठक जिल्ला प्रशासन कार्यालय पर्वतमा वसी जिल्ला भर मदिरा व्यवसायलाई व्यवस्थित गर्ने निर्णय भएको हो ।

हिजो वसेको वैठकले कार्तिक १५ देखी माघ १५ सम्म वेलूका ९ वजे व्यवसाय वन्द गर्ने र माघ १६ देखी कार्तिक १४ सम्म १० वजे वन्द गर्ने,खुल्ला रुपमा मदिरा वेच विखन नगर्ने, वेलूका ५ वजे पछि मदिरा वेच्ने,होलसेल तथा खूद्रा पसल वाट दिउसो खूला मदिरा नवेच्ने सहमती भएको छ । १८ वर्ष मूनिका वालवालिकालाई मदिरा तथा सूर्तिजन्य पदार्थ वेचविखनमा पूर्ण वन्देज लगाउने,होटलमा वस्न आउने ग्राहकको परिचय फोन नम्वर सहित कम्तिमा २ हप्ता सम्म रेकर्ड रहने गरि राख्ने लगायतका विषयमा समेत सहमती भएको छ ।
व्यवसायीको दोहोरो करको विषयमा समेत छलफल भई संघिय सरकारलाई एकिकृत कर प्रणाली लागू गर्न सूझाव समेत दिएको छ । स्थानिय तह,घरेलू,आन्तरिक राजस्व कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालयले लिने राजस्वको कारण व्यवसायीहरु अलमलमा परेको गूनासो गरेका थिए ।
उक्त छलफल कार्यक्रममा प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल,प्रहरी नायव उपरिक्षक श्यामू अर्याल,कूश्मा नगरका प्रशासकिय अधिकृत हरी पंगेनी,कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमूख,घरेलू विकास कार्यालयका प्रमूख विष्णू प्रसाद न्यौपाने,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,होटल व्यवसायी संघका कृष्ण प्रसाद श्रेष्ठ,लोकतान्त्रीक गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा संचारकर्मी गणेश वहादूर क्षेत्री,मदिरा व्यवसायी संघका प्रकाश कर्माचार्य,घरेलूतथा साना उद्योग महासंद्धका अध्यक्ष गोपी अधिकारी,उपभोक्ता मन्चका अध्यक्ष सरीता भण्डारी, लगायत व्यवसायीहरुको सहभागिता रहेको थियो ।