१५ साउन
पर्वत । समुदाय( प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला पर्वत मोदी गाँउपालिका वडा नं। ६ स्थित तुलोदय माद्यमिक विद्यालयको प्राङगणमा जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको सहकार्यमा महिला हिंसार घरेलु हिंसार तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका अध्यक्ष पुर्ण बहादुर मल्लको अध्यक्षता, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, बिशिष्ठ अतिथी मोदी गाउपालिकाका उपाध्यक्ष सेती महत,जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, विद्यालयका शिक्षकहरु, क्षेत्री समाज मोदी गाउंपालिका, आमा समुह, समाजसेवी लगायत अन्य सर्वसाधारणहरु १०० जनाको उपस्थिति रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी घिमिरे नेपालले मदिराको कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा सेवन गर्ने व्यक्तिले खान्न भन्ने प्रण गर्ने तर्फ भावनात्मक प्रतिबद्दता जनाउन अनुरोध समेत गर्दै लैङ्गिक हिंसार महिला माथी हुने हिंसाका साथै अन्य समस्या को बारेमा सम्बन्धीत निकायमा जानकारी गराउनु हरेक नागरिकको कर्तव्य धारणा राख्नू भयो,
उपस्थितहरु बाट उठान भएका सवालको उचित जवाफ सहित समाजमा उत्पन्न हुने अधिकांश अपराध मदिरा सेवनवाट नै भएको देखीएकाले त्यस्ता व्यक्तिहरुले आफ्नो आचारण सुधार गर्नुपर्ने सो को सहयोगमा प्रहरी सदैव तयार रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरि नायव उपरीक्षक श्यामु अर्यालले आफ्नो भनाई राख्नु भएको थियो ।
मोदी गाउपालिकाका उपाध्यक्ष सेती महतले समाजमा सधै शान्ति स्थापना बनाई राख्न, बिकृति( बिसंगतीबाट बच्न आफू स्वयम नियन्त्रणमा रही समाजको बिकासका लागी सिपमुलक कार्यमा लाग्नु पर्ने जस्ता कुराहरु सहितको आफ्नो मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा विद्यालयका अध्यक्ष पुर्ण बहादुर मल्ल ज्यूले समाजमा रहने सबै व्यक्ति सचेत रहदै स्थानिय तह र प्रहरी संग सहकार्य गरिने भन्दै आफ्नो मन्तव्य सहित कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो । साथै सो कार्यक्रम मार्फत उपस्थितहरुलाई समुदाय( प्रहरी पालिका समितीद्वारा तयार पारिएको लागु औषध नियन्त्रण सम्बन्धि सचेतानमुलक पर्चा समेत वितरण गरिएको थियो ।