१० साउन

अजय मिश्र, कृष्नानगररकपिलवस्तुर उद्योग वाणिज्य संघ कृष्णनगरमा नवनिर्वाचित पदाधिकारी लाई एक कार्यक्रम का बिच प्रमुख जिल्ला अधिकारी ले सपथ ग्रहण गराउनू भयो ।

कार्यक्रममा संघिय सांसद अभिषेक प्रताप शाह, प्रदेश सभा सदस्य बिरेन्द्र कुमार कनोडिया, प्र।जि।अ।गजेन्द्र बहादूर श्रेष्ठ,कृष्णनगर भन्सार कार्यलय प्रमुख बिष्णु पौडेल,आन्तरीक राजस्व कार्यलय प्रमुख पूर्ण न्यौपाने,शसस्त्र प्रहरी बल का नायब उपरिक्षक मनोज कुमार धिताल,ई।प्र।का। कृष्नानगर का प्रहरी निरीक्षक प्रताप पौडेलको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित पदाधिकारीहरु लाई बधाई दिदै व्यापारी हरूको हक हितको लागि नियमको परिधी भित्र रहि काम गर्न प्रजिअले सुझाव दिनूभयो । संघिय सांसदले आफ्नो मनतव्य र नवनिर्वाचित पदाधिकारीहरु बधाई तथा शुभकामना दिदै उद्योग वाणिज्य संघ कृष्णनगरको निर्माणधिन भवन मा संसाद विकास कोषवाट पचास लाख रुपैया दिने घोषणा गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष रामकुमार कौलापुरी ले सम्पूर्ण उद्योग व्यापारी लाई सहयोग लिन र दिन का लागि अग्रह गर्नुभयो सो कार्यक्रमको संचालन नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष नसिब दार मियाले गर्नुभएको थियो ।