८ साउन
पर्वत र मध्यपहाडी लोकमार्गको पोखरा – वाग्लूड खण्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बसले ठक्कर दिएका एक युवाको मृत्यू भएको छ ।
पोखरावाट बागलुङ जाँदै गरेको ग १ ख ६००४ नं को बसले बुधबार मध्यान्न ठक्कर दिदा कुश्मा नगरपालिका -१ मालढुङ्गा बस्ने ३५ बर्षिय स्वरुपलाल बोटे गम्भिर घाइते भएका थिए ।
घाइते बोटेको धौलागिरी अंचल अस्पताल बागलुङमा सामान्य उपचार पछि पोखरा रिफर गएिको थियो । घाईतेलाई पोखरा मणिपाल हस्पिटलमा थप उपचारको क्रममा लागीएको थियो ।
उपचारको क्रममा वेलूका ५ .२० वजेको समयमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनू भयो ।
ठक्कर दिने बस र सवारी चालकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।