८ साउन

पर्वत / मध्यपहाडी लोकमार्गको पोखरा –खण्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बसले ठक्कर दिदा एक युवा गम्भीर घाइते भएका छन ।
पोखरावाट बागलुङ जाँदै गरेको ग १ ख ६००४ नं को बसले बुधबार मध्यान्न ठक्कर दिदा कुश्मा नगरपालिका .१ मालढुङ्गा बस्ने ३५ बर्षिय स्वरुपबहादुर बोटे घाइते भएका हुन ।
घाइते बोटेको धौलागिरी अंचल अस्पताल बागलुङमा उपचार भैरहेको छ । उनको अबस्था रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र सवारी चालकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएर अन्य अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।