७ साउन
सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जादा पुरिएर मृत्यु हुनेको संख्या आठ पुगेको छ । चार जना हराइरहेका छन् । पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ४ मा छ जना र वडा न ३ मा ३ जनाको मृत्यु भएको हो ।
वडा नम्बर ४ को भिरकुनामा दुई सय मिटर माथिबाट आएको पहिरोले घर बगाउदा ३२ बर्षकि निर्मला विक २९ कि पम्फा विक १२ बर्षकि अञ्जली विक ५ बर्षकि हिमांशु विक ७० बर्षकि छली विक, ९ बर्षकि सिवानी विकको मृत्यु भएको छ । भने ७ बर्षकि तारा विक र डेढ बर्षका एक बच्चा बेपत्ता भएको वडा अध्यक्ष दान बहादुर रानाले बताए । लगातार भइरहेको वर्षाका कारण गएराति ३ बजे पहिरोले छलि विक, चन्द्र बहादुर विक, धन बहादुर विकको घर बगाएको हो ।
पहिरोले सूर्यलाल पौडेल, चन्द्र बहादुर विक, रीता विक, बनबहादुर विक, परी विकको घर पनि पुरेको छ । पहिरो आएको थाहा पाएपछि उनिहरुले भागेर ज्यान जोगाएको रानाले बताए । अझै पनि १८र२० घर जोखिममा रहेकाले सबैलाई सरस्वती माबिमा स्थान्तरन गरिएको छ ।
त्यस्तै सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलोलुम्पेकको दाङसिङ्गामा पहिरोले घर पुरिएर तिलकुमारी तरामु र उनका छोरा दर्शन तरामु मगर र दुर्गा सिन्जालीको मृत्यु भएको स्थलगत रूपमा उद्दारमा खटिएका सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताए ।
तिलकुमारीकी छोरी करिष्मा र छोरी धनी तरामु घाइते भएका छन् । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ । घाइतेको गाउँबाट बाहिर जाने सडक अबरुद्ध भएकाले उपचार गर्न लागि लैजान समस्या भएको वडा अध्यक्ष रुक बहादुर रानाले बताए ।
लुम्पेककै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किएँदा माया र बबि बिक दुई जना हराइरहेका छन् । अहिले प्रहरी र स्थानीयबासिन्दाले उनीहरुको खोजी गरिरहेको रानाले बताए ।
लुम्पेकमा प्रहरी नायब उपरीक्षक मीन घले र सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश रायमाझी सहितको टोलि उदारमा खटिएका छन । भने लिम्घामा इलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरीक्षक राधेश्याम सिहसहितको प्रहरी टोली पुगेको छ । लिम्घाको मुख्य सडकहरु पहिरोले भत्काएपछि यातायात अबरुद्ध छ । जसका कारण जिल्लाबाट राहत र उद्दारमा आउने टोलीलाई समस्या भएको छ । अहिले जिल्ला समन्वय समिती, नेपाल रेडक्रस सोसाइटी र दलका नेता लिम्घा आइपुगेका छन । आजै घटना स्थलको अवलोकनको लागि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल लगायतका मन्त्री तथा अन्य नेता आउने कार्यक्रम रहेको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले अहिले उद्दारपछी राहत र पुनर्स्थापनाको काम सुरु भएको बताए ।









